बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान

बुधबार, ३१ असार २०८३, १८ : ३७
बुधबार, ३१ असार २०८३

सारांश

  • संयुक्त राज्य अमेरिकाले नेपाल प्रहरीलाई अवैध लागुऔषधको द्रुत पहिचान र ओसारपसार नियन्त्रण गर्न 'लागुऔषध तथा प्रिकर्सर परीक्षण किट' प्रदान गरेको छ ।
  • अमेरिकाको अन्तर्राष्ट्रिय लागुऔषध तथा कानुन कार्यान्वयन मामिला ब्यूरोले युएनओडिसीसँगको साझेदारीमा किट हस्तान्तरण गरेको हो ।
  • यो किटले घटनास्थलमा लागुऔषधको द्रुत पहिचान गर्न, अन्तरदेशीय अपराधको सामना गर्न र सीमानामा हुने लागुऔषध तस्करी नियन्त्रणमा सहयोग पुग्नेछ ।

काठमाडौँ । अवैध लागुऔषधको द्रुत पहिचान र ओसारपसार नियन्त्रण गर्न संयुक्त राज्य अमेरिकाले प्रहरीलाई ‘लागुऔषध तथा प्रिकर्सर परीक्षण किट’ प्रदान गरेको छ । 

बुधबार अमेरिकाको अन्तर्राष्ट्रिय लागुऔषध तथा कानुन कार्यान्वयन मामिला ब्यूरोले लागुऔषध तथा अपराध सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (युएनओडिसी)सँगको साझेदारीमा किट हस्तान्तरण गरेको हो । 

पुल्चोक स्थित युएन हाउसमा आयोजित कार्यक्रममा नेपाल स्थित अमेरिकन दूतावासका कार्यवाहक राजदूत स्कट उर्बमले प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुवास बोहरालाई सामग्री हस्तान्तरण गरेका हुन् । अमेरिकाले ब्यूरोलाई २८ थान र भन्सार विभागलाई १२ थान किट हस्तान्तरण गरेको छ ।

परीक्षण किट मार्फत घटनास्थलमा लागुऔषधको द्रुत पहिचान गर्न सकिन्छ । यसबाट नेपालमा र नेपाल हुँदै अन्य देशमा हुने लागुऔषध ओसारपसारलाई नियन्त्रण गर्न सकिने ब्यूरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए ।

सो किट मार्फत घटनास्थलमा कुनै चिजबस्तु लागुऔषध हो होइन वा लागुऔषधमा प्रयोग हुने रसायनहरू छ कि छैन भनेर परीक्षण गर्न सकिन्छ।

सामग्री हस्तान्तरण गर्दै कार्यवाहक राजदूत स्कटले अन्तरदेशीय अपराधको सामना गर्न बलियो साझेदारी अपरिहार्य रहेको बताए। फिल्डमा खटिएका कर्मचारीको कार्यक्षमता बढाउन र सीमानामा हुने लागुऔषध तस्करी नियन्त्रणमा परीक्षण किट प्रभावकारी हुने बताइएको छ ।

एउटा किटले करिब २ सय वटा शङ्कास्पद बस्तुहरूको नमुना परीक्षण गर्न सकिन्छ । जसबाट अग्रपंतिमा खटिने प्रहरी र भन्सारका कर्मचारीहरूलाई छिटो र प्रमाणमा आधारित अनुसन्धानमा सहयोग पुग्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप