आफ्नै निर्णय लत्याउँदै स्थानीय तहका कर्मचारीको सरुवा पुन: सुचारु
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको सरुवा पुन: सुचारु गर्ने भएको छ। कर्मचारी सरुवा र बढुवालाई अनलाइन प्रणाली लैजाने भन्दै यसअघि सरुवा बन्द गरिएको थियो। स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्वेक्षण भइनसकेको, सफ्टवेयर निर्माणको क्रममा रहेको, रिक्त पदमा पूर्तिका लागि कतिपय स्थानीय तहले प्रदेश लोकसेवा आयोगमा माग गरेको र कतिपय स्थानीय तहले विगतमा जारी भएका सहमति–पत्रबाट हाल सरुवा र कामकाजमा नखटाइदिन अनुरोध भएको भन्दै मन्त्रालयले विगतको आफ्नै निर्णय रद्द गरेको हो।
यस अवस्थामा सरुवालाई व्यवस्थित बनाउँदै जनाउँदै मन्त्रालयले सरुवा पुन: सञ्चालन गर्ने निर्णय गरेको हो। यसका लागि मन्त्रालयले निश्चित मापदण्ड बनाउन गृहकार्य गरिरहेको सहसचिव एवं वसन्त अधिकारीले बताए। मन्त्रालयले नियमित सरुवा प्रक्रियाका लागि प्रत्येक आर्थिक वर्ष भदौ १५ गतेसम्म निवेदन लिने, परेका निवेदनमाथि १५ दिनभित्र छानबिन गर्ने, २१ दिनभित्र बोर्डमा पेस गर्ने र त्यसको सात दिनभित्र निर्णय गरिसक्ने गरी व्यवस्था गर्ने भएको छ। तर, यसै आर्थिक वर्षका हकमा भने केही दिनमै सूचना प्रकाशित गर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अनलाइनबाट निवेदन दिन सक्ने सूचना प्रकाशित गर्नेछ। त्यसै गरी, सरुवाका लागि मन्त्रालय धाउनुपर्ने अवस्थाको पनि अन्त्य गरिने बताउँदै मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने– ‘सरुवाका लागि अब निवेदन दिन मन्त्रालयमा नै आउनुपर्दैन, अनलाइनमार्फत नै पठाउने व्यवस्था गर्दै छौं।’
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण