वैदेशिक रोजगारमा जाने व्यक्तिको हकमा विशेष कानुन नहुँदा न श्रीमती, न सम्पत्ति !
पछिल्लो समय बढ्दै गएको वैदेशिक रोजगारीले देशमा रेमिट्यान्स त भित्र्यायो। तर, यसले सामाजिक सम्बन्ध र धेरै परिवारलाई छिन्नभिन्न पनि पारेको छ। छोरा विदेश जाने, बुहारी सहर पस्ने क्रम बढ्दो छ। देशका अधिकांश गाउँघरमा वृद्धवृद्धा मात्रै छन्।
श्रीमान् विदेशमा दुःख गर्ने, श्रीमती यता पैसा उडाउने गरेका घटना थुप्रै देखिएका छन्। विदेशमा रगतपसिना बगाएर फर्किंदा न श्रीमती न सम्पत्ति न त आफन्तकै अवस्थामा पुगेका छन्। यस्ता घटनामा पीडित भएकाहरूलाई न्याय दिलाउन कानुन अभाव देखिएको छ। श्रीमती हुँदाहुँदै अर्को बिहे गर्ने पुरुषले बहुविवाहमा सजाय भोग्नुपर्ने हुन्छ। तर, यस्तै अवस्थामा महिलालाई सजाय छैन। पहिलो श्रीमान्सँग स्वतः सम्बन्धविच्छेद भएको ठहरिने कानुनी व्यवस्था छ।
अधिवक्ता प्रियहरि भण्डारीका अनुसार वैदेशिक रोजगारमा गएका व्यक्तिको हकमा सम्बोधन गर्ने विशेष कानुन छैन। घरसारमा पठाएको रकम मासियो, नासियो भनेको अवस्थामा सजाय गर्ने कानुन नै छैन।
देवानी संहिताको लेनदेन महलमा साहु र आसामीको हकमा ऋण लिएको, दिएको, खाएको देखियो भने सावाँब्याज तिराइदिने, सम्पत्ति बन्डा गराइदिने व्यवस्था छ। कानुनअनुसार एकाघरमा श्रीमान् श्रीमती, दाजुभाइको बीचमा भएको सगोलको कारोबारमा ऋणधनको अर्थ लाग्दैन। यसलाई सगोलको सम्पत्ति मानिन्छ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण