अझै पत्ता लागेन कोरोना भाइरस उत्पत्तिको रहस्य
कोरोना भाइरस उत्पत्तिको रहस्य पत्ता लगाउन चीनको भ्रमण गरेको विश्व स्वास्थ्य संगठनको टोली कुनै ठोस नतिजामा पुग्न सकेन । टोलीले थप अध्ययन आवश्यक रहेको जनाएको छ। संगठनले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनमा कोरोना संक्रमण अघिल्लो वर्षको डिसेम्बरमा सुरु भएको अथवा सो मितिभन्दा अघि नै फैलिएको हुन सक्ने उल्लेख छ।
पहिचान भएको पहिलो बिरामीमा २०१९ डिसेम्बर ८ मा लक्षण देखिएको तर त्यसअघिका केस अध्ययन गर्न वैज्ञानिकलाई सेप्टेम्बरसम्मको जैविक नमुनाहरूको तथ्यांकमा पहुँच हुनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन सार्वजनिक गर्दै संगठनका महानिर्देशक डा. टेड्रोस अथानोम घेब्रेससले यो रहस्य पत्ता लगाउन थप अध्ययन आवश्यक रहेको देखिएको बताए।
चिनियाँ वैज्ञानिकसमेत सहभागी रहेको उक्त टोलीले यो वर्षको १४ जनवरीदेखि १० फेब्रुअरीसम्म चीनको स्थलगत भ्रमण गरेको थियो। ‘भाइरस उद्गमस्थल पत्ता लगाउन समय लाग्छ र विश्वलाई हामीले यो जानकारी गराउनैपर्छ कि यसले भविष्यमा हुने जोखिमलाई न्यून गर्न सहकार्य आवश्यक छ। कुनै एउटा अध्ययनले सबै उत्तर दिन सक्दैन,’ प्रतिवेदन सार्वजनिक गर्दै महानिर्देशक घेब्रेससले भने।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण