जब ‘ध्रुवे’सँग जम्काभेट भयो...
चितवन । गैंडा गणकको टोली शुक्रबार चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट निस्कियो। त्यही आसपास रहेको जंगली हात्ती ‘ध्रुवे’ घरपालुवा पोथी हात्तीको आकर्षणले पिछा लाग्यो। झन्डै १२ किलोमिटर दूरीको कोलकत्ता टापुसम्म पुग्यो।
शुक्रबारको गणना कार्य सकिन २० मिनेटजति बाँकी थियो। गणक टोली चढेको हात्ती र ध्रुवेको दिउँसो साढे २ बजे जम्काभेट भयो। ध्रुवे देखेपछि गणनाका लागि प्रयोग गरिएका हात्ती तर्सिए। हात्ती तर्सिएर उफ्रिँदा गणक र हात्तीसारे खसेर घाइते भएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए।
‘जंगली हात्तीसँग अचानक जम्काभेट हुँदा घरपालुवा हात्तीहरू तर्सिए’, सूचना अधिकारीले भने, ‘हात्ती उफ्रिन थाल्दा मान्छे खसेर घाइते भएका हुन्।’
त्यस क्रममा गणक र हात्तीसारेसहित पाँच जना घाइते भएका छन्। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका संरक्षण अधिकृत विनोद श्रेष्ठको अवस्था गम्भीर रहेको जनाइएको छ। श्रेष्ठलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ। उनलाई नवलपुरको कावासोतीमा प्रारम्भिक उपचार गरिएको थियो।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण