पत्रपत्रिका
वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै
सोमबार, २३ चैत २०७७, ०७ : ०३
आगामी वैशाखमा नौवटा विद्युतीय बस काठमाडौँमा ल्याइँदै छ । सुन्दर यातायात प्रालिले चीनबाट विद्युतीय बस ल्याउन लागेको हो । बसहरू चीनमा तयार भइसकेको र नेपाल ल्याउने तयारी भइरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । ४० सिट क्षमताका नौवटा बस तयारी अवस्थामा छन् । सरकारले विद्युतीय बस सञ्चालनमा प्रोत्साहन गरेपछि सुन्दर यातायातले एउटा बसको एक करोड ७२ लाख रुपियाँमा २५ वटा बस खरिदको सम्झौता गरेको छ । जसमध्ये नौवटा बस पहिलो चरणमा ल्याइने भएको छ ।
सुन्दर यातायातले काठमाडौँ उपत्यकामा चारवटा विद्युतीय बस सञ्चालन गरिरहेको छ । तीनवटा चक्रपथ र एउटा सूर्यविनायक–रत्नपार्क रुटमा सञ्चालन गरिरहेको छ । ती बस युरो मापदण्डका हुन् । सुन्दर यातायातले चितवनमा पनि विद्युतीय बस सञ्चालन गर्नेभएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण