४१ हजार बढीको मास्क लगाएर करिनाले भनिन्, ‘कुनै प्रोपोगान्डा होइन, कुनै हालतमा मास्क लगाउनुहोस्’
मुम्बईमा कोरोनाभाइरसको आँकडाले दैनिक रेकर्ड ब्रेक गरिरहेको छ । पछिल्लो केही समयमा रणबीर कपुर, आलिया भट्ट, परेश रावल, विक्की कौशल, गोबिन्दा, भूमि पेडनेकर र अक्षयकुमार समेत थुप्रै कलाकार यसको चपेटमा आइसकेका छन् । स्टार्सले कोभिडको नियमलाई राम्रोसँग पालना गर्न आग्रह गरिरहेका छन् । हालै नायिका करिना कपुर खानले पनि प्रशंसकसँग अपिल गरेकी छिन् । तर यतिबेला चर्चाको विषय बनेको छ उनको मास्क । जसको मूल्य साँच्चै नै चकित पारिदिने किसिमको छ ।
सोसल मिडियामा चर्चित रहने करिना कपुर खान आफ्नो नीजि र व्यावसायिक जीवनबारे प्रशंसकलाई जानकारी दिइरहन्छिन् । नायिकाले हालै मास्क लगाएको आफ्नो एउटा फोटो सेयर गरिन् । तस्बिरमा करिनाले कालो रङको मास्क लगाएको देख्न सकिन्छ र प्रशंसकलाई पनि यसो गर्नका लागि जागरुक बनाइन् । योसँगै उनले क्याप्सनमा लेखिन्, ‘यो कुनै प्रोपोगान्डा होइन । कृपया आफ्नो मास्क लगाइराख्नुहोस् ।’
मास्कमा सेतो रङले एलभी सिम्बल पनि लेखिएको छ । यो मास्क सिल्क पाउचका साथ पाइन्छ । यो ब्रान्डको वेबसाइटमा यसको मूल्य ३५५ डलर बताइएको छ । नेपाली मुद्रामा यो मास्कको मूल्य ४१,४४५ पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण