सेयर बजारमा करेक्सन: सात उपसमूहको कारोबार घट्यो
बुधबार सेयर बजारमा सामान्य करेक्सन भई २.८५ अंकले घटेर २६७१.६१ अंकमा रोकिएको छ । नेप्से ओरालो लागे पनि कारोबार भने सकारात्मक भएको छ । बुधबार ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार ५ सय ७० रुपैयाँ बराबरको कारोबार भएको छ भने १ करोड ६५ लाख ९३ हजार ५ सय १ कित्ता सेयर किनबेच भएको छ ।
यस अवधिमा कारोबारमा आएका उपसमूमध्ये ट्रेडिङ, हाइड्रो पावर, निर्जीवन बिमा कम्पनी, उत्पादनमूलक क्षेत्र, अन्य जीवन बिमा कम्पनी र लगानी क्षेत्रको कारोबार घटेको छ भने अन्य क्षेत्रको कारोबार बढेको छ । बुधबार २१५ कम्पनीले ७६ हजार कारोबार गरेका छन् ।
कारोबार गर्ने गुमाउनेमा रैराङ हाइड्रोपावरको ७.२६ प्रतिशतले, युनाइटेड इदिमर्दी हाइड्रोपावरको ६.०६ प्रतिशतले मूल्य घटेको छ । मंगलबार नेप्से परिसूचक हालसम्मकै उच्च २ हजार ६७४ दशमलव ४६ बिन्दुमा पुगेको थियो । बुधबार भने नेप्से परिसूचक २ हजार ६७१ दशमलव ६१ बिन्दुमा झरेर बन्द भएको हो ।
मंगलबार १५ दशमलव ७२ अंक बढेर बन्द भएको बजार २ हजार ६९४ दशमलव ५४ बिन्दुदेखि खुला भएको थियो । यो दिन बजार बन्द हुँदा परिसूचक २ दशमलव ८५ अंक अर्थात् शून्य दशमलव ११ प्रतिशत घटेर बन्द भएको छ । नेप्से परिसूचकमा सामान्य करेक्सन आएको यस दिन सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ६२ अंक बढेर ४७६ दशमलव ८० बिन्दुमा पुगेको छ ।
अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि कम भएको छ । मंगलबार ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार बराबरको १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब २६ करोड ६९ लाख ७२ हजार बराबरको १ करोड ६५ लाख ९३ हजार ५०१ कित्ता सेयर कारोबार भएको छ ।
आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण