शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

यो हो सर्वाधिक धनाड्यहरुको शहर

बिहीबार, २६ चैत २०७७, १३ : ०४
बिहीबार, २६ चैत २०७७

चिनियाँ राजधानी बेइजिङ संसारकै धेरै अर्बपतिहरु बस्ने शहर बनेको छ । फोर्ब्स म्यागजिनले प्रकाशित गरेको अर्बपतिहरुको सूचीले यसबारे जानकारी दिएको हो ।

म्यागजिनका अनुसार गत वर्ष यो सूचीमा ३३ धनाढ्य थिए जुन यो वर्ष बढेर सय पुगेको छ ।

यसमा बेइजिङले न्युयोर्क सिटीलाई पछि पारेको छ । यसवर्ष न्युयोर्क सिटीका ९९ जना धनाढ्य यो सूचीमा पर्न सफल भएका छन् ।  सात वर्षयता न्युयोर्क नै धेरै अर्बपति भएको सहरमा पहिलो स्थानामा थियो ।

चीनले कोरोनाभाइरस नियन्त्रणका लागि गरेको पहल, यसको प्रविधिमा विकास र स्टक मार्केटका कारण शीर्ष स्थान ओगट्न सफल भएको हो ।

बेइजिङमा अर्बपतिहरु थपिए पनि न्युयोर्कका अर्बपतिहरुसँग बेइजिङका सबै अर्बपतिको भन्दा ८० बिलियन डलर बढी सम्पत्ति छ ।

बेइजिङका सर्वाधिक धनाढ्य झाङ विमिङ्ग हुन् । उनी टिकटकका संस्थापक हुन् र बाइटडान्सका मुख्य कार्यकारी अधिकारी । उनको कूल सम्पत्ति ३५.६ बिलियन डलर छ ।

यस्तै न्युयोर्क सिटीका सर्वाधिक धनाढ्य पूर्व मेयर माइकल ब्लूमबर्ग हुन् । उनको कूल सम्पत्ति ५९ बिलियन डलर छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप