यो हो सर्वाधिक धनाड्यहरुको शहर
चिनियाँ राजधानी बेइजिङ संसारकै धेरै अर्बपतिहरु बस्ने शहर बनेको छ । फोर्ब्स म्यागजिनले प्रकाशित गरेको अर्बपतिहरुको सूचीले यसबारे जानकारी दिएको हो ।
म्यागजिनका अनुसार गत वर्ष यो सूचीमा ३३ धनाढ्य थिए जुन यो वर्ष बढेर सय पुगेको छ ।
यसमा बेइजिङले न्युयोर्क सिटीलाई पछि पारेको छ । यसवर्ष न्युयोर्क सिटीका ९९ जना धनाढ्य यो सूचीमा पर्न सफल भएका छन् । सात वर्षयता न्युयोर्क नै धेरै अर्बपति भएको सहरमा पहिलो स्थानामा थियो ।
चीनले कोरोनाभाइरस नियन्त्रणका लागि गरेको पहल, यसको प्रविधिमा विकास र स्टक मार्केटका कारण शीर्ष स्थान ओगट्न सफल भएको हो ।
बेइजिङमा अर्बपतिहरु थपिए पनि न्युयोर्कका अर्बपतिहरुसँग बेइजिङका सबै अर्बपतिको भन्दा ८० बिलियन डलर बढी सम्पत्ति छ ।
बेइजिङका सर्वाधिक धनाढ्य झाङ विमिङ्ग हुन् । उनी टिकटकका संस्थापक हुन् र बाइटडान्सका मुख्य कार्यकारी अधिकारी । उनको कूल सम्पत्ति ३५.६ बिलियन डलर छ ।
यस्तै न्युयोर्क सिटीका सर्वाधिक धनाढ्य पूर्व मेयर माइकल ब्लूमबर्ग हुन् । उनको कूल सम्पत्ति ५९ बिलियन डलर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
