तीन दलको बैठक: प्रचण्ड बूढानीलकण्ठ पुगे, जसपाका नेता पुगेनन्
काठमाडौं । नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको छलफल जसपाका नेताहरु नपुग्दा सुरु हुन ढिलाइ भएको छ । बैठकमा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरु निर्धारित समयमै बुढानिलकण्ठ पुगे पनि जसपाका नेताहरु अझै पुगेका छैनन् ।
प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा र देव गुरुङ बूढानिलकण्ठ पुगेका हुन् । त्यस्तै काँग्रेसका शीर्ष नेता पनि देउवा निवास पुगिसकेका छन् । सभापति देउवाले शुक्रबार दिउँसो ३ बजेका लागि तीन दलको बैठक आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका थिए । केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा तीन दलबीच गठबन्धन गरेर नयाँ सरकार गठनका लागि छलफल गर्न देउवाले अग्रसरता लिएका हुन् । तर जसपाका नेता बुढानिलकण्ठ नपुगेकाले छलफल सुरु नभएको काँग्रेसका एक नेताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण