लण्डनमा आयोजित बाफ्टा फिल्म अवार्डको रेड कार्पेटमा प्रियंकाको ‘रेड हट लुक’
आइतबार लस एन्जेल्स र लण्डनमा ब्रिटिश एकेडेमी फिल्म अवार्ड –२०२१ आयोजना गरियो ।
लण्डनमा आयोजित अवार्ड कार्यक्रममा ३८ वर्षे बलिउड नायिकाको रेड हट अवतार देख्न पाइयो । उक्त कार्यक्रममा प्रियंका चोपडाले रातो इम्ब्रोइडरी गरिएको ज्याकेट र ट्राउजर लगाएकी थिइन् ।
प्रियंकाको उक्त लुक कार्यक्रमको थिमसँग ठिक मेल खान्थ्यो । यसपटक कार्यक्रमको थिम ‘सिलौटेज एण्ड स्टाइल्स’ राखिएको थियो ।
उक्त कार्यक्रममा रेने जेलवेगर, फोबी डिभेनर, एना केन्ड्रीकको लुक विशेष चर्चामा रहे ।
बेलायतमा आयोजित कार्यक्रममा द डुक अफ केम्ब्रिज, राजकुमार विलियम्स पनि उपस्थित हुने कार्यक्रम थियो । तर द डुक अफ एडिनबर्ग, राजकुमार फिलिप तथा विलियम्सका हजुरबुवाको निधन पछि उनी कार्यक्रममा उपस्थित भएनन् । राजकुमार विलियम्स बाफ्टाका अध्यक्षसमेत हुन् । उनले भिडियोमार्फत् एक भाषण दिनुपर्ने कार्यक्रम थियो ।
द डुक अफ एडिनबर्ग ९९ वर्षको उमेरमा विन्डसर क्यासलमा गत शुक्रबार निधन भयो । उनी बाफ्टाका पहिलो अध्यक्ष थिए । उनी सन् १९५९ देखि १९६५ सम्म बाफ्टासँग आबद्ध भए ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण