बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँ नजिकैको उत्कृष्ट गन्तव्य: त्रिशूली रिभरसाइड रिसोर्ट

आइतबार, ०५ वैशाख २०७८, १० : ४७
आइतबार, ०५ वैशाख २०७८

काठमाडौं । दैनिक एकनासको काम गरेर थकित हुनु भएर कतै घुम्न जाने सोच बनाउनु भएको छ ? परिवार वा साथीभाइसँग कतै गएर रमाइलो गर्ने सोच बनाउनु भएको छ ? थोरै बजेट, छोटो समय र पर्याप्त रमाइलोका लागि कुनै रमणीय स्थानको खोजीमा हुनुहुन्छ भने धादिङको बेनीघाटस्थित त्रिशूली रिभरसाइड रिसोर्ट एउटा उपयुक्त विकल्प हुन सक्छ ।

न्यून तथा मध्यम बजेट क्षमता भएकादेखि लिएर एक्लै वा परिवार तथा साथीभाइसँग रमाइलो गर्न चाहने सबै प्रकारका ग्राहकका उपयुक्त हुनेगरी स्थापित यो रिसोर्ट अविरल बगिरहने त्रिशुली नदीको किनारमा छ । शान्त तथा मनोरम वातावरणमा छुट्टीको समय बिताउन चाहने, साप्ताहिक बिदाकै समयमा पनि छोटो प्याकेजका साथ खुला वातावरणमा रमाउन चाहने तथा क्याम्प फायर, टेन्टभित्रको बास, र्‍याफ्टिङ लगायतका अनुभव हासिल गर्न चाहनेका लागि उपयुक्त गन्तव्य बनेको छ ।

दुई दिन र एक रातको प्याकेजसहित यो रिसोर्टमा स्वादिष्ठ परिकारहरु, रमणीय दृश्यावलोकन तथा साहसिक जलयात्राको समेत आनन्द लिन सकिन्छ ।

रिसोर्टका सञ्चालक उद्धव कँडेलका अनुसार जो कोहीले आफ्नो आर्थिक क्षमताअनुसार रिसोर्टभित्र प्राप्त गर्ने सुविधा हासिल गर्न सकोस् भन्ने उद्देश्यले विभिन्न वर्गमा सुविधा प्रदान गरिएको छ ।

आगन्तुकलाई चार प्रकारको आवासको व्यवस्था गरिएको उनले बताए । टेन्टमा बस्न चाहनेलाई टेन्ट, कटेज रुपममा बस्न चाहनेलाई कटेजको व्यवस्था, एसीको सुविधासहितको सामूहिक रुम (होस्टेल शैलीमा) तथा अट्याच बाथरुम, प्राइभेट बालकनी, टिभी, तातोपानी÷चिसोपानीको सुविधासहित एसी डिलक्स रुमसमेत उपलब्ध रहेकाले ग्राहकले आफ्नो रोजाइअनुसार सुविधा लिन सक्ने उनले बताए ।

काठमाडौंबाट ६५ किलोमिटर, चितवनबाट ७५ किलोमिटर र पोखराबाट ११५ किलोमिटरको दुरीमा पृथ्वी राजमार्ग छेउ रहेको यो रिसोर्टले ‘फुल फेज’मा एकसाथ २२५ जनालाई सेवा उपलब्ध गराउन सक्ने कँडेलको भनाइ छ ।

यस्तै, एक दिनमा १५० जनासम्मलाई जलयात्रा (¥याफ्टिङ) को सुविधा प्रदान गर्न सक्ने उनले बताए । उनका अनुसार २५ किलोमिटरसम्म जलयात्राका लागि प्रतिव्यक्ति एक हजार पाँचसय रुपैयाँ शुल्क लाग्छ ।

न्यूनतम २ हजार रुपैयाँदेखि चार हजार रुपैयाँसम्म खर्च गर्दा दुई दिन र एक रातको प्याकेज उपलब्ध हुने उनले बताए । ‘टेन्टमा दुई हजार, कटेज र एसी रुममा तीन हजार, डिलक्स रुपमा ४ हजार शुल्क तोकिएको छ,’ उनले भने, ‘यो प्याकेजमा पहिलो दिन स्न्याक्स, डिनर अनि दोस्रो दिन ब्रेकफास्ट र लञ्च समावेश छ ।’

अग्र्यानिक खाना, ईको फ्रेन्डली वातावरण र नदीको मनोरम दृश्यावलोकन त्रिशुली रिभरसाइड रिसोर्टको विशेषता रहेको उनले बताए । उनका अनुसार जलयात्राका पारखीहरुका लागि यो रिसोर्ट उपयुक्त विकल्प बनेको छ । यस अतिरिक्त स्वीमिङ पुल, विभिन्न प्रकारका खेलको सुविधासमेत भएकाले रिसोर्टमा सबै प्रकारका मानिसलाई मनोरञ्जन उपलब्ध गराउन सकिने उनको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप