कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्ग अनुसार वि.सं. २०८३ साल असार २४ गते बुधबार, ईश्वी सन् २०२६ जुलाई ८ तारिख हो ।
- विभिन्न राशीहरूका लागि आजको दिनको राशिफल प्रस्तुत गरिएको छ, जसमा शुभ तथा अशुभ फलहरूको उल्लेख छ ।
- शुभ कार्यका लागि लाभबेला र अमृत बेलाको समय प्रयोग गर्न तथा राहुकालको समयमा शुभ कार्य नगर्न सल्लाह दिइएको छ ।
आजको पञ्चाङ्ग
वि.सं. २०८३ साल असार २४ गते । बुधबार । ईश्वी सन् २०२६ जुलाई ८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । आषाढ कृष्णपक्ष । तिथि–अष्टमी, बिहान ७ बजेर ३० मिनेट उप्रान्त नवमी । नक्षत्र–रेवती, दिउँसो १२ बजेर १४ मिनेट उप्रान्त अश्विनी । योग– अतिगण्ड, बिहान ९ बजेर ५५ मिनेट उप्रान्त सुकर्मा । करण–कौलव, बिहान ७ बजेर ३० मिनेट उप्रान्त तैतिल, बेलुकी ६ बजेर ४३ मिनेट उप्रान्त गर । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–मीन, मध्याह्न १२ बजेर १४ मिनेट उप्रान्त मेष ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर १६ मिनेट । सूर्यास्त बेलुकी ७ बजेर १ मिनेट । दिनमान ३४ घडी २४ पला ।
आजको बार बेला:
- बिहान ५ बजेर १६ मिनेटसम्म लाभ बेला ।
- बिहान ५ बजेर १७ मिनेटदेखि बिहान ६ बजेर ५९ मिनेटसम्म अमृत बेला ।
- बिहान ७ बजेर ० मिनेटदेखि बिहान ८ बजेर ४२ मिनेटसम्म काल बेला ।
- बिहान ८ बजेर ४३ मिनेटदेखि बिहान १० बजेर २५ मिनेटसम्म शुभ बेला ।
- बिहान १० बजेर २६ मिनेटदेखि बिहान १२ बजेर ८ मिनेटसम्म रोग बेला ।
- दिउँसो १२ बजेर ९ मिनेटदेखि दिउँसो १ बजेर ५२ मिनेटसम्म उद्वेग बेला ।
- दिउँसो १ बजेर ५३ मिनेटदेखि दिउँसो ३ बजेर ३५ मिनेटसम्म चर बेला ।
- दिउँसो ३ बजेर ३६ मिनेटदेखि बेलुकी ५ बजेर १८ मिनेटसम्म लाभ बेला ।
- बेलुकी ५ बजेर १९ मिनेटदेखि बेलुकी ८ बजेर १८ मिनेटसम्म उद्वेग बेला ।
नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल:
दिउँसो १२ बजेर ८ मिनेटदेखि दिउँसो १ बजेर ५१ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रह्म मुहूर्त:
बिहान ३ बजेर ४० मिनेटदेखि बिहान ४ बजेर २८ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ): बिहानको समय मध्यम रहेकोले माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । नियमसङ्गत काम नगर्दा दण्ड वा जरिवाना तिर्नुपर्ने हुन सक्छ । खानपान तथा मौसमको ख्याल गर्नुहोला । मध्यान्हबाट चाहेको समयमा कामहरू सम्पन्न हुनाले मन प्रसन्न हुनेछ । सुन्दर तथा विलासी वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र, मनपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो): बिहानको समय उत्तम रहेकोले दैनिक उपभोग्य सामान, निर्माण सामग्री, गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ । मध्यान्हबाट साथीभाइ तथा आफन्तहरूको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागि अलि बढी मेहनत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने ग्रहयोग रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा): अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा यात्रा हुनेछ । राज्यको मेकानिजमभित्र बसेर काम गर्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तक तथा सहयोगीको सल्लाहले राम्रा काम गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा आज गरिने लगानी आगामी दिनमा आम्दानीको गतिलो स्रोत बन्नेछ । प्रेममा आफ्नो भावना साटासाट गर्ने वातावरण बन्नेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो): बौद्धिक, प्राज्ञिक तथा सृजनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा विशेष रुचि बढ्नेछ । दार्शनिक विषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा आज गरिने लगानीबाट आम्दानी गर्न सकिनेछ । दाम्पत्य सुख, प्रेम सम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ । यात्रा, मनोरञ्जनमा तथा खानपानमा समय व्यतीत हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाँड्नेहरू धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा सहपाठीहरूबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले भौतिक सम्पत्ति तथा विलासी वस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्तबाट नै धोका पाइने योग रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते): माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सहज रूपमा बित्नेछ । व्यापार वा शेयर बजारमा लगानी बढाई मनग्गे आम्दानी हुनेछ । लामो दूरीको मनोरञ्जनात्मक यात्राको तय गरी भरपूर रमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति हुने हुँदा मन प्रसन्न रहनेछ । भौतिक वस्तु तथा विलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू): सन्तानको प्रगतिमा मन रमाउनेछ भने वंश वृद्धिको योग रहेको छ । शत्रु परास्त हुने तथा पुरानो रोगबाट उन्मुक्ति पाइनेछ । नियमसङ्गत गरेका काममा हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । नोकरीमा बढुवा हुने योग रहेको छ । प्रेममा सामीप्य बढ्ने तथा भेटघाटमा समय व्यतीत हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): बिहानको समय मध्यम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले व्यवसायमा लगानी बढाउँदा मनग्गे लाभ हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्वीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । विलासी वस्तु उपहारको रूपमा प्राप्त हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): बिहानको समय राम्रो रहेकोले व्यापारमा लगानी बढाई मनग्गे आम्दानी हुनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिने अवसर जुर्ने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले पढाइमा मन लाग्ने छैन । आफन्त तथा आमासँग टाढिएर यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । घरजग्गा सम्बन्धी कारोबारमा मन्दी आउनाले आम्दानीमा कमी आउनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा): माया प्रेममा सामीप्य बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिめकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् भने दाजुभाइ तथा बन्धुबान्धवको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): व्यापार तथा शेयर बजारको लगानीबाट आम्दानीमा बढोत्तरी हुनेछ । आफ्ना भनाइहरू जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाइलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय फलदायी रहनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण