लुम्बिनी प्रदेश बन्यो हाप्किडोको राष्ट्रिय च्याम्पियन
बुटवल । लुम्बिनी प्रदेशले चौथो हाप्किडो राष्ट्रिय च्याम्पियनसीपको उपाधि जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा लुम्बिनीले ७ स्वर्ण, ८ रजत तथा १२ काश्य पदक हात पारेको हो । ७ स्वर्ण, ७ रजत तथा ११ काश्य पदक जितेको बाग्मती प्रदेश दोस्रो तथा ५ स्वर्ण र दुइ काश्य सहित गण्डकी प्रदेश तेस्रो भयो ।
पुरुषतर्फ लुम्बिनीका गोपाल विक तथा महिलातर्फ गण्डकीकी मोनालिसा मल्ल उत्कृष्ट खेलाडी भए । बुद्ध राई उत्कृष्ट रेफ्रि घोषित भइन् । दुई नम्बर प्रदेशकी विजयाकुमारी वाइवा उत्कृष्ट प्रशिक्षक चयन भइन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रि प्रत्येकले ५ हजार रुपैयाँ पुरस्कार पाए ।
नेपाली नयाँ वर्षको अवसरमा नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसीएसनको आयोजनामा भएको चार दिने प्रतियोगितामा सात प्रदेशका ७ सयभन्दा बढी खेलाडीको उपस्थिति रहेको मुख्य प्रशिक्षक सुस्मिता गुरुङले जानकारी दिइन् ।
समापन समारोहमा प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथि खानेपानी मन्त्री मणिचन्द्र थापा, राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष नैनाकला थापा, नेपाल मार्शल आर्ट्स हाप्किडो एसोसिएसन तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्तीमगर, गण्डकी प्रदेशका मुख्यमन्त्रीका सल्लाहकार गोविन्द नेपाली र गण्डकी प्रदेश खेलकुद परिषद्की कार्यकारी सदस्य तारामाया थापाले पुरस्कार प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण