तीन दिनयता गुल्मीमा भेटिए १६ जना कोरोना संक्रमित
बुधबार, ०८ वैशाख २०७८, ०७ : ४२
गुल्मीमा कोरोना संक्रमण पछिल्लो तीन महिना शून्यमा झरिरहेको अवस्थामा तीन दिनयता फेरि फैलिएको छ । स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख भवानीप्रसाद शर्माका अनुसार मंगलबार बिहान सम्म १३ जना र साझ ३ जना सहित गुल्मीमा कोरोना संक्रमितको संख्या १६ जना पुगेको छ ।
संक्रमितहरु जिल्लाका प्रायः सबै पालिकाहरुको रहेको शर्माले बताए । उनले कोरोना संक्रमण फेरि फैलिएकोले हेलचेक्राइ नगर्न आग्रह गरे ।
सामाजिक दुरि कायम गर्ने, साबुनले हात धुने , बेसार पानी खाइ रहने र अनिवार्य माक्स लगाउन शर्माले सबैमा अपिल गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण