कोरोनाका कारण ‘निफ’ अनलाइनमार्फत हुने
शुक्रबार, १० वैशाख २०७८, १६ : २५
काठमाडौंँ । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण अनलाइन माध्यमबाट हुने भएको छ । पछिल्लो समय कोरोनाको कहर बढेसँगै आयोजकले फेस्टिभल अनलाइनमार्फत आयोजना हुन लागेको हो ।
फेस्टिभलमा सहभागी फिल्मलाई अनलाइनका विभिन्न माध्यमबाट अझै प्रभावकारी रुपमा देखाइने ‘निफ’ का अध्यक्ष केपी पाठकले जानकारी दिए । अनलाइनमार्फत फेस्टिभल आयोजना हुँदा दर्शकका लागि अझ लाभदायक हुने आयोजकको भनाई रहेको छ । वैशाख २३ देखि २७ गतेसम्म हुने निफमा नेपाली फिचर फिल्मबाहेक ५२ देशका ४ सय ५० बढी फिल्मले सहभागिता जनाउँदैछन् । यो वर्ष कोरोना महामारीको विषयमा बनेका फिल्मलाई पनि अलग्गै विधामा प्रतिष्पर्धामा छन् ।
कोभिडले पारेको प्रभावमा बनेका फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् भने अन्य विधामा उत्कृष्ट फिल्मलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण