गण्डकी प्रदेशमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा । गण्डकी प्रदेशमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरास्थित विभिन्न प्रयोगशालामा ३६१ जनाको नमुना परीक्षण गर्दा पोखरा महानगरपालिकामा ६४ सहित प्रदेशमा ८६ जनमा संक्रमण देखिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोदबिन्दु शर्माले गण्डकीका ७ जिल्लाका ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।
उनका अनुसार कास्कीमा २०८ जनाको नमुना परीक्षण गर्दा पोखरा महानगरपालिकाका ६४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कास्कीमा संक्रमितको संख्या ९ हजार २७ पुगेको छ । यस्तै तनहुँका २४ जनाको परीक्षणमा ६ जना, गोरखाका २० जनाको परीक्षणमा ५ जना, स्याङजाका २४ जनाको परीक्षणमा ४ जना, पर्वतका २९ जनाको परीक्षणमा २ जना, बाग्लुङका ३१ जनाको परीक्षणमा ३ जना र म्याग्दी जिल्लामा २५ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय ७४ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ७७३ रहेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३२ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ५ सय ९० पुगेको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशमा २११ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण