मोटरसाइकल दुर्घटनामा एक बालिकासहित ३ जनाको मृत्यु
सिन्धुली । यहाँ आज दिउँसो भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमा र एक बालकको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले दिनुभएको जानकारीअनुसार प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल कमलामाई नगरपालिका¬–१४ चन्दनपुरमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक दुधौली नगरपालिका–४ घर भएका २६ वर्षीय यमकुमर दनुवार र उहाँका भतिज १३ वर्षीय आशिषकुमार दनुवारको घटना स्थलमा नै मृत्यु भएको उनले जानकारी दिए । यस्तै दुर्घटनामा घाइते भएका अदितकुमर दनुवारको उपचारका लागि सिन्धुली अस्पतालमा लगिएकामा अस्पतालमा पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए । मृतक मोटरसाइकल चालक यमकुमार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी जवान रहेको र बिदामा घर आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण