लुम्बिनी प्रदेश : सरकारमा गएपछि जसपा संसदीय दलका पदाधिकारी नियुक्त, विवाद बढ्दै
बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी दल (जसपा) नेपालले संसदीय दलको पदाधिकारी नियुक्त गरेको छ । जसपा नेपाल, लुम्बिनी प्रदेश संसदीय दलको बैठकले दलको उपनेतामा विजयबहादुर यादव, प्रमुख सचेतकमा कल्पना पाण्डे लम्साल र सचिवमा सुमन शर्मा रायमाझीलाई चयन गरेको छ ।
संसदीय दलका नेता सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय प्रदेशसभा सचिवालयमा पठाइएको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका संसदीय दलका नेता पाण्डेयले जानकारी दिए ।
यसरी उपनेता, प्रमुख सचेतक र सचिव चयन गरिका सबै हालै शंकर पोखरेल नेतृत्वको सरकारमा गएका मन्त्रीहरु हुन् । ६ सांसद रहेको जसपा नेपालका ४ सांसदको हस्ताक्षरमा नेताहरु चयन गरिएको हो । उक्त बैठकमा नगएका दुई जनाले भने उक्त निर्णयप्रति आपत्ति जनाएका छन् ।
सुरुदेखि जसपा संसदीय दलको नेता रहेका सहसराम यादवले उपनेता र प्रमुख सचेतक छनौटको विरोध गरे । उनले संसदीय दलको विधानमा दुई वर्षसम्म दलको नेतालाई हटाउन नमिल्ने स्पष्ट उल्लेख भएको बताए ।
पार्टीको निर्णयबिना सरकारमा सामेल भएका चारजनालाई कारवाहीका लागि आफूले पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गरेको र छिट्टै निर्णय आउने उनले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
