मानव बेचबिखन अनुसन्धान ब्युरो परिसरमा डिजिटल डिस्प्ले बोर्ड
काठमाडौं । मानव बेचबिखन र ओसारपसार तथा मानव तस्करीबारे आम‌ नागरिकलाई सचेत बनाउने उद्देश्यले मानव बेचबिखन अनुसन्धान ब्यूरोको कार्यालय परिसर बबरमहलमा डिजिटल डिस्प्ले बोर्ड राखिएको छ।
उक्त बोर्ड मानव बेचबिखन अनुसन्धान ब्यूरोले लामो समयदेखि बेचबिखन बिरुद्ध क्रियाशील सामाजिक संस्था आफन्त नेपालको सहयोगमा राखेको हो। नयाँ बर्ष २०७८ को सुरुवातसँगै संचालनमा ल्याइएको उक्त बोर्डको दैनिक रुपमा ५ हजार भन्दा बढी मानिसले अवलोकन गर्ने गरेको ब्यूरोले जनाएको छ ।
मानव बेचबिखन र ओसारपसार तथा मानव तस्करीमा परेका पीडित प्रभावितहरुको उद्धार, संरक्षण, अभियोजन र सहकार्यसँग संबन्धित बेचबिखनका कारण, उद्देश्य, वैदेशिक रोजगारी, असुरक्षित स्थानागमन लगायत विषयहरु समेटेर सूचना प्रसारण गरिएको ब्युरोका निर्देशक नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दुर्गा सिंह चन्दले बताइन्।
हालका दिनहरुमा रोजगारीको सिलसिलामा नागरिकहरु दलालहरुको ललाइफकाईमा परेर असुरक्षित स्थानागमन गर्ने गरेकाले बेचबिखनको जोखिम झन बढ्ने गरेको आफन्त नेपालका इन्द्रराज भट्टराई बताउँछन् ।
समाजमा भइरहेका मानव बेचबिखन तथा ओसारपसार र मानव तस्करीका घटना र तिनका कारण, वैदेशिक रोजगारीका क्रममा हुने बेचबिखन, यौनशोषण, श्रम शोषण को अबस्था र आयामहरूका बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले यो बोर्ड राखिएको सामाजिक संस्था आफन्त नेपालले जनाएको छ।
एसएसपी दुर्गा सिंहका अनुसार मानव बेचबिखन र ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले नेपाल सरकारको निर्णय बमोजिम नेपाल प्रहरीको बेग्लै युनिटका रुपमा वि.स. २०७५ जेठ २७ गतेको मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई ०७६ वैशाख २९ गते तत्कालिन प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालबाट उद्घाटन भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण