कोरोना नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाउन माओवादीको माग
काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउनुपर्ने सरकारसँग माग गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटीको बैठकले कारोना महामारी नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्नुपर्ने प्रस्ताव पारित गरेको एक स्थायी कमिटी सदस्यले रातोपाटीलाई बताए ।
माओवादी अध्यक्ष प्रचण्डले गत वर्ष पनि कोरोना नियन्त्रणमा सर्वदलीय संयन्त्र बनाएर अघि बढ्नुपर्ने बताएका थिए । तर, प्रधानमन्त्री ओलीले सर्वदलीय संयन्त्रको मागबारे चासो दिएका थिएनन् । मंगलबारको बैठकले पत्रकारहरूमाथि सरकारले गरेको धरपकडको पनि विरोध गरेको छ । त्यस्तै, महामारीको नियन्त्रणमा स्वयं सेवकका रुपमा परिचालन हुन बैठकले पार्टी कार्यकर्ताहरूलाई निर्देशनसमेत दिएको ती नेताले बताए ।
मंगलबारको माओवादी बैठक विधान संशोधन प्रस्तावमा केन्द्रित भएको थियो । कार्यदलले तयार पारेको प्रस्ताव प्रचण्डको थप सुझावसहित पारित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण