माओवादीको प्रस्तावित नयाँ विधान : केन्द्रीय समिति २९९, महिला ३५ प्रतिशत अनिवार्य
काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको अन्तरिम विधान संशोधन गर्ने भएको छ । संशोधित नयाँ विधानमा पार्टीको केन्द्रीय समिति बढीमा २९९ सदस्यीय बन्ने भएको छ । मंगलबार बसेको स्थायी समिति बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय समितिमा पेश गर्नेगरी पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार संशोधित विधानमा केन्द्रीय कमिटीदेखि वडा सम्मका सवै कमिटीमा ३५ प्रतिशत महिला अनिवार्य व्यवस्था गर्ने निर्णय स्थायी समिति बैठकले गरेको छ । त्यस्तै माओवादीको केन्द्रीय कमिटीमा उत्पीडित दलितबाट १५ प्रतिशत सदस्य पुर्याइनेछ ।
साथै प्रदेश जिल्ला र पालिकामा हाल रहेकोमा २ प्रतिशत थप्ने भएको छ भने ४० बर्षका युवालाई २० प्रतिशतको हाराहारीमा सवै कमिटीमा जिम्मेवारी दिनेगरी नयाँ विधान बन्नेछ । माओवादीले अबदेखि सबै समितिको पदाधिकारीमा एक महिला अनिवार्य राख्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण