शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भेरी अस्पतालमा थप दुई सङ्क्रमितको मृत्यु

बुधबार, १५ वैशाख २०७८, १४ : २६
बुधबार, १५ वैशाख २०७८

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ६५ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी ३९ वर्षीया महिलाको मृत्यु भएको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार, वैशाख १ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य अवस्था सामान्य रहेका कारण होम आइसोलेशन बस्दै आएका ६५ वर्षीय पुरुष कोरोनाले च्यापेपछि वैशाख छ गते अस्पताल भर्ना भई उपचार गर्दै गर्दा आज बिहान २ः३० बजे मृत्यु भएको हो । 

यसैगरी, वैशाख ८ गते कोरोना पुष्टि भएकी नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ६५ वर्षीय पुरुषको भेरी अस्पतालमा उपचारकै क्रममा गए राति १०:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप