एमालेद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध
सुर्खेत । कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको चौथो बैठक एमालेका सांसदहरुले अवरुद्ध गरेका छन् । कोरोना महामारीका कारण निषेधाज्ञा जारी गरिएको बेलामा सदन चलाउनु उपयुक्त नभएको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।
सभामुख राजबहादुर शाहीले संसदको कारवाही प्रारम्भ गर्दै गर्दा एमाले ओली पक्षका सांसद गुलाबजङ्ग शाहले रोष्टमबाट उठेर आपत्ति जनाएका थिए । त्यसपछि सभामुखले उनलाई बोल्ने समय दिएका थिए । शाहले यस्तो बेलामा सदन नचलाउन आग्रह गरे ।
शाहले भने, ‘कोरोनाको भयावह अवस्था छ । जनता भोकभोकै मर्ने अवस्था छ । माननीय सदस्य पनि बिरामी भएर घरमा ढलेको अवस्था छ । यस्तो अवस्थामा प्रदेशसभा सदन चल्न सक्दैन, बाहिर निषेधाज्ञा जारी गरिरहँदा यहाँ सदन चल्नु कत्तिको जायज कुरा हो’ उनले भने ।
उनले सरकारप्रति आक्रोश समेत पोखे । ‘हुन त सरकार बहिरो छ, अवैधानिक ढङ्गले भगौडाहरुलाई लिएर सरकारले नेतृत्व गरिरहेको छ’ शाहले आक्रोश पोखे । त्यसलगत्तै एमालेका सबै सांसद रोष्टममा उभिए । सभामुख शाहीले पटक–पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसदहरु रोष्टममा उभिएका थिए । त्यसपछि सभामुखले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बैठक स्थगित भएको सूचना जारी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण