बुटवलको कोरोना विशेष अस्पतालमा थप तीन जनाको मृत्यु
बिहीबार, १६ वैशाख २०७८, ११ : ४४
बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आज थप तीन जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने सवै रुपन्देहीका विरामी हुन् ।
अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार बुटवल उपमहानगरपालिका–११ का ३१ वर्षीय पुरुषको कोरोना पुष्टि भएपछि वैशाख ११ गते अस्पताल भर्ना भएका थिए । विहान उपचारका क्रममा मृत्यु भएको हो । गत वैशाख ९ गते भर्ना भएका बुटवल–१४ का ६६ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । यस्तै रुपन्देहीको जिल्लाको मायादेवी गाउँपालिका–६ की ७२ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । तीन जना बिरामी कोभिड आईसीयूमा उपचाररत रहेको र श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा. गौतमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री
-
किरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण