धर्मेन्द्र–हेमा एक वर्षदेखि छन् अलग
कोरोनाभाइरसको खतरा व्यापक छ । यसैकारण मानिसहरु टाढा बस्न बाध्य भइरहेका छन् । फेस मास्क र सामाजिक दुरीको सल्लाह सबैलाई दिइएको छ ।
कोरोनाभाइरसका कारण नायिका हेमा मालिनी र धर्मेन्द्र पनि एक वर्षभन्दा पनि बढी समयदेखि अलग्गै बसिरहेका छन् । अघिल्लो वर्ष कोरोनाभाइरसको खतरा बढेसँगै धर्मेन्द्र मुम्बई बाहिरको फार्महाउसमा बस्न गए ।
स्पटबोयसँगको कुराकानीमा हेमाले भनिन्, ‘यो उनको सुरक्षाका लागि राम्रो हो । यतिबेला हामी सँगै बस्नुभन्दा पनि उनको स्वास्थ्यबारे सोचिरहेका छौं । हामी सबैभन्दा भयानक संकटबाट गुज्रिरहेका छौं ।’
‘यदि हामीले सभ्यतालाई जोगाउनु छ भने हामी बलियो हुनुपर्छ, यसका लागि ठूलै बलिदान नै किन दिनु नपरोस् ।’
स्मरण रहोस्, धर्मेन्द्र लामो समयदेखि फार्महाउसमा बस्दै आइरहेका छन् । सोसल मिडियामा उनले आफ्ना थुप्रै फोटो भिडियो सेयर गरिरहन्छन् । हालै उनले मानिसहरुलाई कोरोनाको भ्याक्सिन लगाउन सल्लाह दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण