निषेधाज्ञासँगै सुनसान बन्यो विराटनगर, तस्बिरमा हेर्नुहोस्
जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमणको दोस्रो भेरियन्टको सघन विस्तार क्षेत्र विराटनगर महानगरपालिकासहित आसपासको क्षेत्रमा एक सातासम्म निषेधाज्ञा जारी गरेको छ ।
शनिबार राति १२ बजेदेखि लागु हुने गरि विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा आदेश जारी गरिएको हो ।

महानगरपालिकामा तिब्रतर रुपमा बढिरहेको कोरोनालाई लक्षित गर्दै महानगरसँग सीमा जोडिएका अन्य स्थानीय तहमा निषेधाज्ञा आदेश जारी गरिएपछि विराटनगरका मुख्य सडक क्षेत्र सुनसान भएका छन् । बिहानैदेखि प्रहरी परिचालन गरी सडकमा दौडिएका सवारी साधानलाई चेकजाँच गर्न थालिएको छ ।

औषधी, खाद्यवस्तु तथा अत्यावश्यक सेवा वस्तु खरिद गर्न बाहेक हिँडडुलमा रोक लगाइएको छ । दुध, खाद्यवस्तु, खाना पकाउने ग्यास तथा तरकारी आपूर्ति प्रणाली बिहान १० बजेसम्म गरिसक्नुपर्नेछ ।
गुद्री बजार, सब्जीमण्डी, होटल, रेष्टुराँ, सैलुन, ई–रिक्सा समेत सञ्चालनमा रोक लगाइएको छ । निर्माण सामाग्री बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ ।

अत्यावश्यक सेवामा सञ्चालन हुने विद्युत, पानी, दुध, डेरी, सञ्चार, फलफुल, एम्बुलेन्स, बिरामी बोकेको गाडी, शव वाहन र सरकारी नम्बर प्लेटका गाडी बाहेक अन्य सवारी पूर्ण रुपमा सञ्चालनमा रोक लगाइएको छ । सरकारी कार्यालयहरु आलोपालो प्रणालीमा सञ्चालन गरिनुपर्नेछ ।

मोरङमा शनिबारसम्म १७ सय ८३ जना कोरोनाभाइरसको सक्रिय संक्रमित रहेका छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण