माग्ने बुढाले साथीहरुसँग मिलेर सुरु गरे निःशुल्क एम्बुलेन्स सेवा
काठमाडौंँ । कोरोना संक्रमितको चापको कारण अहिले अस्पताल भरिएको मात्र होइन एम्बुलेन्स समेत पाउन मुस्किल पर्न थालेका छन् । यस्तोमा सर्वसाधारणको सेवाका लागि भन्दै कलाकारहरुको एक समुहले अक्सिजन सहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेका हुन् ।
अभिनेता निखिल उप्रेती, हास्य कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा), क्याप्टेन तथा कलाकार विजय लामा, अभियन्ता ज्ञानेन्द्र शाही, पूर्व आइजिपी नेपाल प्रहरी सर्वेन्द्र खनाल, डा. सुवास घिमिरे, कर्णबहादुर शाही, अधिवक्ता सन्जयराज अधिकारी, रामहरि शर्मा, देवेन्द्र प्रधानलगायतले मिलेर सो एम्बुलेन्स सेवा सुरु गरेका हुन् । निःशुल्क एम्बुलेन्स सेवाले आर्थिक अवस्था कमजोर भएकोलाई राहत मिल्ने उनीहरुले बिश्वास लिएका छन् ।
‘हामीले सुरु गरेको एम्बुलेन्स सेवा सबैका लागि हो’ केदार घिमिरेले भने, ‘हामीले तीनवटा फोन नम्बर सार्वजनिक गरेका छौ । त्यसमा फोन गर्नेले जो कोहीले पनि हाम्रो सेवा पाउनेछन् ।’ सो सेवा अहिले उपत्यकामा मात्र रहेको छ । एम्बुलेन्समा नर्स, अक्सिजनलगायत सेवा समेत उपलब्ध हुने बताएका घिमिरेले थपे ‘पीडितले जुन अस्पताल भन्यो त्यो अस्पतालमा पुर्याउने सम्मको काम हामी गर्दछौ ।’ साथीहरुसँग १५/१५ हजार उठाएर कोरोना संक्रमितका लागि एम्बुलेन्स सेवा सुरु गरेको घिमिरेको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण