मध्य भोटेकोसीको आइपिओ निष्काशन स्थगित
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपिओ निष्काशन स्थगित भएको छ । कम्पनीले आयोजना प्रभावितका लागि निष्कासन खुला गरेको आइपिओ तत्काललाई बन्द हुने जनाएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण सिन्धुपाल्चोक जिल्लामा (वैशाख २३ गते) देखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको समयमा स्थानीयवासीलाई आइपिओ भर्नका लागि हिँडडुलमा समस्या हुने भएकाले तत्काललाई स्थगित गर्न लागिएको हो ।
अब कहिलेबाट बिक्री खुला गर्ने भन्ने बारेमा अर्को सूचना सार्वजनिक गरिने पनि बिक्री प्रबन्धकले जानकारी दिएको छ । मध्य भोटेकोशीले वैशाख २१ गतेबाट सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावितका लागि कुल ६० लाख कित्ता आइपिओ निष्कासन गरेको हो ।
कम्पनीले कुल ६० लाख कित्ता आइपिओमध्ये ३०% ले हुने १८ लाख कित्ता सेयर भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविकको लिस्ती र मार्मिङ गाविस) र बाह्रबिसे नगरपालिका वडा नम्बर ५,६,७ र ८ (साविकको गाती, घुम्पांग र मानेश्वरा गाविस) का स्थानीयलाई छुट्टयाइएको छ । यस्तै, ७०% ले हुन आउने ४२ लाख कित्ता सेयर सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका स्थानीयवासीको लागि छुट्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण