मुख्यमन्त्री शाहीको संयोजकत्वमा कोभिड नियन्त्रण, व्यवस्थापन निर्देशन समिति गठन
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा प्रदेश कोभिड रोग नियन्त्रण तथा व्यवस्थापन निर्देशन समिति गठन गरिने भएको छ । मन्त्रिपरिषदको बैठकले नै कोभिड–१९ को नियन्त्रण तथा व्यवस्थापन कार्यलाई प्रदेशमा प्रभावकारी बनाउन निर्देशन, समन्वय तथा एकीकृत व्यवस्थापन गर्ने उद्देश्यसहित निर्देशन समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिको सदस्यमा आर्थिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, प्रमुख/अध्यक्ष जिल्ला सदरमुकाम रहेका पालिका, प्रहरी नायव उपरीक्षक, प्रमुख जिल्ला अधिकारी लगायत हुनेछन् । यस्तै बैठकले प्रदेश अस्पताल सुर्खेतमा कोभिड नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन निर्देशन, समन्वय तथा एकीकृत व्यवस्थापन गर्ने उद्देश्यसहित प्रदेश अस्पताल कोभिड नियन्त्रण व्यवस्थापन निर्देशन समिति पनि गठन तथा परिचालन गर्ने निर्णय गरेको छ ।
सामाजिक विकास मन्त्रालयका सचिवको निर्देशनमा ६ सदस्यीय समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता विमला केसीले बताइन् । साथै सामाजिक विकास मन्त्रालयलाई कोभिड रोग नियन्त्रण कार्यक्रमका लागि मन्त्रिपरिषदको पूर्ववत् निर्णयअनुसार थप बजेट उपलब्ध गराउँदा १० करोडका दरले थप गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयले उपलब्ध गराउने भएको छ ।
केसीका अनुसार पाँचौँ तहका स्वास्थ्यकर्मीहरुको छनोटका लागि अन्तवार्ता बाहेकका योग्यता क्रमका आधारमा तयार गरिएको संक्षिप्त सूचीबाट विज्ञापन गरिएको भन्दा बढाउनेगरी करारमा कर्मचारी नियुक्ति गर्न सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण