सङ्क्रमितका लागि हेल्लो डाक्टर सेवा, भाइबरमा यो नम्बरबाट परामर्श लिन सकिने
नेपाल उद्योग वाणिज्य महासङ्घले एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ ।
महासङ्घले यस अभियानअन्तर्गत पहिलो कार्यक्रमका रूपमा आइतबारदेखि हेल्लो डाक्टरको सेवा सुरु गर्न लागेको हो । यसमा भाइबरको सहकार्य रहेको छ भने डाक्टर अनुरोधका आधारमा चिकित्सकले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्नेछन् ।
कोभिड सङ्क्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाले हेल्लो डाक्टरमार्फत सहयोग लिनसक्ने महासङ्घले जनाएको छ । हेल्लो डाक्टर भाइबरमार्फत कोभिड सङ्क्रमित बिरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिने महासङ्घले जनाएको छ ।
प्रारम्भमा पाँच जना डाक्टरबाट परामर्श थालनी गरिनेछ ।
त्यसका लागि बिहान ९ः०० देखि १२ः०० बजेसम्म र दिउसो ३ः०० देखि ६ः०० बजेसम्मका लागि समय निर्धारण गरिएको छ । नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइबर नम्बरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइने छ ।
त्यसपछि डाक्टरहरूले भिडियो कलमार्फत बिरामीसँग संवाद गरी परामर्श दिनेछन् । म्यासेजमा बिरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनु पर्नेछ । यो सेवा निःशुल्क हुने र देशैभरका सबै सङ्क्रमितले लिनसक्ने जनाइएको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण