बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
पत्रपत्रिका

स्वास्थ्यकर्मी नै पीपीई र मास्क धोएर लगाउन बाध्य

आइतबार, २६ वैशाख २०७८, ०८ : १८
आइतबार, २६ वैशाख २०७८

कोरोना संक्रमितको उपचारमा सुरक्षा सतर्कता अपनाउनुपर्ने स्वास्थ्यकर्मी नै पीपीई र मास्क धोइपखाली लगाउन बाध्य भएका छन् । कपिलवस्तु जिल्ला अस्पताल र अस्थायी कोभिड अस्पतालमा संक्रमितको रेखदेख गर्ने क्रममा स्वास्थ्यकर्मीले पीपीई र मास्क धोइपखाली पुनः प्रयोग गरिरहेका हुन् ।


अस्पतालको आम्दानी कम भएको र कतैबाट कुनै सहयोग नमिलेकाले स्वास्थ्यकर्मीले एकपटक लगाएको पीपीई र मास्क धोइपखाली पुनः प्रयोग गर्न बाध्य भएका जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। किशोर बन्जाडेले गुनासो गरे । सुरक्षाका दृष्टिकोणले भने एक पटक लगाएको पीपीई र मास्क अर्को पटक लगाउन मिल्दैन । तर, अभाव भएकाले जोखिम लिएर लगाउनुपरेको बन्जाडेको भनाइ छ । त्यति मात्र होइन, जिल्लामा ग्लोब्स, फेस सिल्ड र सेनिटाइजरको पनि अभाव छ ।

१२ घण्टाको एक सिफ्टमा पीसीआर ल्याबमा ४, कोभिड अस्पतालमा १०, इमर्जेन्सीमा १०, आईसीयूमा ६ र गाइनोमा ६ गरी ३६ वटा पीपीई र मास्क सेट चाहिन्छ । २४ घण्टामा ७२ वटा चाहिन्छ । त्यति नै संख्यामा मास्क, ग्लोब्स र फेस सिल्ड चाहिन्छ । एउटा पीपीईको हजारदेखि २ हजार रुपैयाँ पर्छ । ‘पीपीई नहुँदा दुई दिनदेखि एउटैलाई धोएर सुकाएर लगाइरहेको छु,’ अस्थायी कोभिड अस्पतालमा कार्यरत एक नर्सले भनिन्, ‘यस्तो लापरबाहीले हामी कसरी सुरक्षित हुन सक्छौं रु’ आफू सुरक्षित भए मात्रै अरूको उपचार गर्न सकिने उनले बताइन् । ‘युद्धमा पठाउने तर हतियार नदिने । यसरी कसरी युद्ध जित्न सकिन्छ रु,’ उनले भनिन् ।

चपरतल्लास्थित साविकको महिला विकास कार्यालयमा रहेको अस्थार्यी कोभिड अस्पतालमा १८ जना र कपिलवस्तु अस्पतालको इमर्जेन्सी र बरन्डामा २५ जना कोरोनाका बिरामी तथा आईसीयू वार्डमा ८ जना अन्य बिरामी छन् । संक्रमितलाई बेड अभाव भएपछि भुइँमा राखेर उपचार गरिएको छ ।

बन्जाडेका अनुसार औषधि र अक्सिजन सपोर्ट चाहिएका बिरामी मात्र अस्पतालमा राखिएको छ । संक्रमणका बिरामी राख्ने ठाउँ नहुँदा समस्या भइरहेको अस्पतालका मेडिकल अधिकृत डा। गणेश क्षत्रीले बताए । यो समाचार कान्तिपुर दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप