सरकार गठनमा ‘सरप्राइज’ दिने काँग्रेसको रणनीति
प्रमुख प्रतिपक्षी काँग्रेस प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने प्रयासमा ढुक्क भए पनि वैकल्पिक सरकार बनाउने विषयमा भने अझै प्रतीक्षामै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् ।
कांग्रेस आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयास भने प्रतीक्षामा राख्दै अघि बढिरहेको छ । यसपटक कांग्रेस सरकार गठनमा ‘सरप्राइज’ दिनेगरी अघि बढिरहेको कांग्रेस नेताकै आँकलन छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीले अब विश्वासको पक्षमा मत पु¥याउने सम्भावना नरहेको औंल्याए । ‘अब प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने सम्भावना छैन । सबै लगभग प्रस्ट छन्, माधव नेपालहरूले के गर्छन् हेरौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।
कांग्रेसले आफ्नो प्रयासलाई भने आन्तरिक रूपमा तीव्र बनाइरहेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस वैकल्पिक सरकारको पहलमै रहेको बताए । ‘कांग्रेस वैकल्पिक सरकार गठन पहलमा नै छ, पार्टीको बैठकको निर्णय पनि यही हो,’ उनले भने, ‘संसदीय दलको बैठकको निर्णय पनि यही हो, प्रतीक्षा गरौं ।’ माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार गोरखामा कांग्रेस सभापति नेतृत्वमा बहुमतको सरकार गठन हुने बताएका छन् ।
ओलीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने उनको दाबी छ । ‘कांग्रेस संसदीय दलका नेतालाई प्रधानमन्त्रीका रूपमा अघि बढाउने विपक्षी गठबन्धन तयारी छ, छिट्टै नयाँ सरकार बन्छ,’ श्रेष्ठले भने । संसद्मा काँग्रेसपछिको विपक्षी दल माओवादी केन्द्र नै हो । उसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण