पौडेलसँग छलफलमा बसेका योगेश भट्टराईले भने– अन्तिम प्रयासले पनि पार लागेन
सोमबार, २७ वैशाख २०७८, १५ : ३५

काठमाडौं । नेकपा एमालेलाई एकढिक्का राख्ने दोस्रो तहका नेताहरुको अन्तिम प्रयास पनि असफल भएको छ । सोमबार एमालेको माधव पक्षले ओली नसच्चिएकाले सांसद पदबाट राजीनामा पनि नदिने र आजको संसद बैठकमा पनि सहभागी नहुने निर्णय गरेलगत्तै एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरु अन्तिम छलफलमा जुटेका थिए ।
तर अन्तिम छलफलबाट पनि पार नलागेको माधव पक्षका नेता योगेश भट्टराईले बताए । ‘पार्टी एकताका लागि अन्तिमसम्म हामीले प्रयास गर्यौ, तर त्यो प्रयासले पनि पार लागेन, अब हामी यसअघिकै निर्णय कार्यन्वयन गर्न बाध्य भयौं,’ नेता भटराईले विष्णु पौडेलसँगको छलफलपछि प्रतिक्रिया दिए ।