तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात
चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको ९ महिनाको तथ्यांकले यस्तो देखाएको हो । परिमाणका आधारमा साढे ३२ केजी बराबरको सुनको गरगहना आयात भएको छ ।
चैत महिनामा मात्र रू. ७ करोड २८ लाख ३९ हजारको सुनका गरगहना आयात भएको छ । गत फागुन मसान्तसम्ममा नेपालमा रू. ६ करोड ७३ लाख ६७ हजार बराबरको सुनका गरगहना आयात भएको थियो । चैत मसान्तसम्म आउँदा त्यो बढेर १४ करोड २ लाख ६ हजार रुपैयाँ पुगको हो ।
चालू आवको ८ महिनाको अवधिमा जति सुनका गरगहना आयात भएको थियो, त्यो भन्दा बढी चैत १ महिनामै आयात भएको छ । ८ महीना (साउनदेखि फागुनसम्म) मा ६ करोड ७३ लाखको सुनका गरगहना आयात भएको थियो भने चैत १ महिनामै ७ करोड २८ लाख रुपैयाँ बराबरको सुनका गरगहना आयात भएको छ ।
कोरोना संकटका कारण सुनका गरगहना बनाउने कालीगढको अभाव भएपछि गरगहनाको आयात बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले कालीगढहरूको अभाव भएको र सुनको माग बढेकाले गरगहनाको आयात बढेको बताए ।
‘नेपाली सुनचाँदी बजारमा करीब ७५ प्रतिशत भारतीय कालीगढ छन् । तर, कोरोनाका कारण उनीहरू पर्याप्त मात्रामा यहाँ आउन सकेका छैनन् । यहाँका कालीगढ पनि छरिएका छन् ।
यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण