‘जुम–जुम’ मा सलमान र दिशा पटानीको केमेस्ट्री
‘राधे योर मोस्ट वान्टेड भाइ’ का हरेक गीतहरुले अहिलेसम्म राम्रो चर्चा बटुलिरहेका छन् । फिल्म रिलिज हुनभन्दा तीन दिनअघि निर्माताहरुले सलमान खान र दिशा पटानीको अभिनय रहेको नयाँ गीत ‘जुम–जुम’ सार्वजनिक गरेका छन् ।
यो अनस्क्रिन जोडीको ‘सिटी मार’ बोलको गीत भर्खरै मात्र सार्वजनिक भएको थियो । अब, रोमान्टिक डान्स नम्बर ‘जुम–जुम’ सार्वजनिक भएको छ ।
यस गीतमा सलमान र दिशाको हल्का–फुल्का केमेस्ट्री देखिन्छ ।
यस गीतलाई सुन्दर एमबी भ्यालीमा सुट गरिएको छ । गीतको संगीत साजिद–वाजिदले कम्पोज गरेका छन् । यस गीतलाई कुणाल वर्माले लेखेका हुन् । ऐश किंग र इयूलिया वन्तुरले गीतमा स्वर भरेका छन् र सिजर गोन्साल्विसले यसको कोरियोग्राफी गरेका छन् ।
फिल्ममा सलमानसँगै दिशा पटानी, रणदीप हुड्डा र ज्याकी श्राफ पनि महत्वपूर्ण भूमिकामा छन् ।
सलमान खान फिल्म र जी स्टुडियोको प्रस्तुती हो, ‘राधे योर मोस्ट वान्टेड भाई’ । यो फिल्म इदको अवसर पारेर १३ मेइमा डिजिटल प्लेटफर्ममार्फत रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा रास्वपाले दियो प्रष्टीकरण
-
बेल्जियमको अनुभव कि सेनेगलको गति : कसले काट्ला अन्तिम १६ को टिकट ?
-
शङ्कास्पद गतिविधि गरेको आरोपमा २७ जना चिनियाँ नागरिक पक्राउ
-
बागमती प्रदेशसभामा २ विधेयक टेबुल
-
निर्वाचन प्रहरीको पोसाक खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई प्रधानमन्त्री सचिवालयको दबाब
-
बागमतीका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण