सहकारी संघ-संस्थालाई अत्यावश्यक बाहेकका सेवा स्थगन गर्न विभागको निर्देशन
बुधबार, २९ वैशाख २०७८, १५ : ०६
काठमाडौं । निषेधाज्ञाका बीच पनि सेवा सन्चालन गरिरहेका सहकारी संघ, संस्थाहरुलाई अत्यावश्यक बाहेकका सबै सेवाहरु तत्काल स्थगन गर्न सहकारी विभागले देशव्यापी अपिल गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरले मुलुकलाई आक्रान्त पार्दै लगेपछि विभागले अवस्था सहज नभए सम्मका लागि सहकारीलाई नियमित सेवा स्थगन गर्न आग्रह गरेको हो ।
विभागले बुधबार एक सूचना जारी गर्दै मुलुकभरीका सहकारी संघ संस्थालाई ‘अत्यन्त जरुरी र अत्यावश्यक कार्यहरु तथा सेवाहरु मात्र अत्यन्त कम जनशक्तिबाट स्थानीय प्रशासनसँगको पूर्ण समन्वयमा सञ्चालन गर्न’ र बाँकी सेवाहरु बन्द गर्न आग्रह गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै कांग्रेसले घेर्यो रोष्टम
-
सङ्घीयतालाई थप बलियो बनाउने गरी योजनाहरू कार्यान्वयनमा ल्याइने
-
दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने
-
पोखराको प्राइम सहकारीमा पनि डेढ अर्ब रुपैयाँ हिनामिना
-
जिबी राईको पासपोर्ट रद्द गर्न जिल्ला अदालत कास्कीद्वारा अस्वीकार, कानुनले नमिल्ने तर्क
-
नीति तथा कार्यक्रम : स्वास्थ्यका विषय के–के समेटिए ?