माधव नेपालले आफूपक्षीय नेतासँग छलफल गर्दै
काठमाडौं । अन्तिम समयमा एमाले अध्यक्ष केपी ओलीसँग सहमतिको लागि कार्यदल बनाउने निष्कर्ष पुगेका वरिष्ठ नेता माधवकुमार नेपालले ओलीसँग भएको वार्ताबारे आफू निकटका स्थायी समिति सदस्यहरुलाई जानकारी गराएका छन् । नेता नेपालले आफु पक्षका स्थायी समितिका नेताहरुलाई ओलीसँगको कुराकानी जुममार्फत जानकारी गराएका हुन् ।
स्थायी समिति सदस्यहरूसँगको ब्रिफिङपछि नेता नेपालले आफु पक्षीय केन्द्रीय सदस्यहरुलाई पनि बिफ्रिङ गर्ने भएका छन् । केन्द्रीय सदस्यहरुको माग अनुसार नेता नेपालले उनीहरुसँग ब्रिफिङ गर्ने र सदस्यहरूका कुरा सुन्नलाई समय मागेको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए ।
‘खासगरी हाम्रा कुरा सुनाउन नेता नेपालसँग छलफल गर्न हामीले समय मागेका हौं । उहाँले हिजो भएको वार्ताबारे सामान्य जानकारी गराएपछि हामीले हाम्रा कुरा राख्छौ उहाँले सुन्नुहुन्छ’, राईले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण