दाजुले भाइलाई बनाए संवैधानिक आयोगको सदस्य !
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना संवैधानिक परिषदका सदस्य हुन् । बैशाख २६ गते बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकमा अध्यक्ष तिमिल्सिनाले आफ्नै सहोदर भाइलाई संवैधानिक निकायका रुपमा रहेको समावेशी आयोगको सदस्यमा सिफारिस गरेका छन् । आयोगको नाम समावेशी भनिए पनि दाजुले भाइलाई सिफारिस गरेर ‘पारिवारिक आयोग’ बनाइदिएका छन् तिमिल्सिनाले ।
बैशाख २६ गते परिषदले लोकसेवा, निर्वाचन आयोग र अख्तियार लगायत विभिन्न संवैधानिक अंगहरूमा २१ जनाको नाम सिफरिस गरेको थियो । ती नामहरू संसदीय सुनुवाइका लागि अहिले संसद सचिवालयमा दर्ता भइसकेका छन् ।
प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तीनजना बसेर गरेको यो सिफारिसमा अध्यक्ष तिमिल्सिनाका एकमात्र भाइ पुष्पराज तिमिल्सिना पनि परेका छन् ।
पर्वतको मोदी गाउँपालिका ७ घर भएका तिमिल्सिना प्रवासमा बस्दै आएका व्यक्ति हुन् । उनी एमाले निकट प्रवासी नेपाली मञ्च स्पेनका संस्थापक अध्यक्ष एवं यूरोप समन्वय कमिटीका सह–संयोजक हुन् ।
संविधानले परिकल्पना गरेको समावेशी आयोगमा बैशाख २६ गते संवैधानिक परिषदले तिमिल्सिना थरका दुईजनालाई सिफरिस गरेका छन् । एकजना तिमिल्सिना राष्ट्रियसभा अध्यक्षका भाइ हुन् भने अर्का सर्वोच्च अदालतका पूर्वराजिष्ट्रार डा. रामकृष्ण तिमिल्सेन हुन् । रामकृष्णलाई अध्यक्षमा सिफारिस गरिएको छ । समावेशी आयोगमा सिफारिस गरिएका तेस्रो व्यक्ति मानप्रसाद खत्री पनि खस आर्य समुदायबाटै परेका छन् ।
प्रतिनिधित्वको हिसाबले समावेशी आयोग आफैंमा समावेशी बन्न सकेको छैन । पहिले नियुक्त भएका तीनजना र अहिले सिफारिसमा परेका सबैजना पुरुष मात्र परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३६ दिनको आन्दोलनपछि भारतीय शिक्षा मन्त्रीको राजीनामा
-
बिना निर्णय टुङ्गियो एमाले कर्णाली दलको बैठक, अन्तिमसम्म ‘ओलीकाे फोन’ कुर्ने रणनीति
-
ग्रेटवाल : ढुङ्गामा कुँदिएको इतिहास
-
मुगुमा पहिरो : गगन थापाले गराए सम्बन्धित निकायकाे ध्यानाकर्षण
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
