२० वर्षपछि तेलुगु फिल्ममा शिल्पा
बुधबार, ०५ जेठ २०७८, १२ : १७
अभिनेत्री शिल्पा शेट्टी तेलुगु फिल्म देखिने भएकी छन् । उनी करिब २० वर्षपछि तेलुगु फिल्ममा देखिन लागेकी हुन् । समाचारको अनुसार महेश बाबु अभिनित फिल्म ‘एसएसएमबि २८’बाट उनी अभिनयमा फकिने सम्भावना छ । फिल्मको महत्वपूर्ण भूमिकाको लागि उनलाई अफर गरिएको बताइएको छ ।
फिल्म त्रिविक्रम श्रीनिवासको निर्देशनमा बन्न लागेको फिल्ममा शिल्पाको भूमिका महेश बाबुको काकीको रहेको छ । तर, शिल्पाले फिल्मको बिषयमा आधिकारीक पुष्टि गर्न बाँकी छ ।
केही दिन अगाडि फिल्मको मुख्य भुमिकाको दौडमा जान्हवी कपुर र पूजा हेगडे सामिल भएको समाचार आएको थियो ।
१९९६मा ‘शशा वीरुदु सागरा कन्या’बाट तेलुगु फिल्ममा डेब्यु गरेकी शिल्पा पछिल्लो समय २००१मा रिलिज फिल्म ‘भलेवादिवी बैसु’मा देखिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा रास्वपाले दियो प्रष्टीकरण
-
बेल्जियमको अनुभव कि सेनेगलको गति : कसले काट्ला अन्तिम १६ को टिकट ?
-
शङ्कास्पद गतिविधि गरेको आरोपमा २७ जना चिनियाँ नागरिक पक्राउ
-
बागमती प्रदेशसभामा २ विधेयक टेबुल
-
निर्वाचन प्रहरीको पोसाक खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई प्रधानमन्त्री सचिवालयको दबाब
-
बागमतीका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण