चक्रवातपछि लडेका रुखमा नाचिन् दीपिका सिंह, सामाजिक सञ्जालमा चर्को आलोचना
एजेन्सी । कहिलेकाँही मानिसले परिस्थितिको सही मूल्याङकन गर्न सक्दैन र आलोचनाको शिकार बन्छ । भारतीय अभिनेत्री दीपिका सिंह अहिले यस्तै दुर्दशाबाट गुज्रिएकी छिन् । चक्रवात तुफानका कारण महाराष्ट्रको तटीय इलाकाहरूमा ठूलो क्षति भयो । त्यसपछि लडेका रुखबीच दीपिकाले डान्स भिडियो बनाइन् । अहिले यो भिडियो उनलाई मँहगो साबित भएको छ । सामाजिक सञ्जालमा उनको ट्रोल भइरहेको छ । प्रयोगकर्ताहरुले शोकको समयमा दीपिकाले मस्ती गरेको भन्दै आलोचना गरेका छन् ।
तुफानका कारण उनको घरबाहिर पनि एउटा ठूलो रुख लडेको थियो । अभिनेत्रीले त्यही रुख वरपर रोमान्टिक पोज दिन ढिला गरिनन्, र डान्स भिडियो बनाइन् । अनि उनले इन्स्टाग्राममा फोटो र भिडियो पोस्ट गर्दै लेखिन्, ‘तपाईले तुफानलाई रोक्न सक्नुहुन्न । त्यसैले यस्तो गर्ने कोसिस नगर्नुस् । यस्तोमा तपाईले आफैंलाई शान्त राख्ने कोसिस गर्न सक्नुहुन्छ र प्रकृतिको यस उदास र नाराज रुपलाई अंकमाल गर्नुस् किनकी तुफान पनि सकिनेछ ।
जानकारी : यो रुख मेरो घरको ठिक अगाडि लडेको छ र यसले कसैलाई क्षति पुर्याएको छैन । तर, आफ्नो ढोकाबाट यो रुखलाई हटाउनुभन्दा पहिले मैले र रोहितले सम्झनाका लागि केही तस्विर लियौं ।’
यस पोस्ट लगत्तै दीपिकाको चर्को आलोचना भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा रास्वपाले दियो प्रष्टीकरण
-
बेल्जियमको अनुभव कि सेनेगलको गति : कसले काट्ला अन्तिम १६ को टिकट ?
-
शङ्कास्पद गतिविधि गरेको आरोपमा २७ जना चिनियाँ नागरिक पक्राउ
-
बागमती प्रदेशसभामा २ विधेयक टेबुल
-
निर्वाचन प्रहरीको पोसाक खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई प्रधानमन्त्री सचिवालयको दबाब
-
बागमतीका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण