बेगनास तालमा एक युवक मृत अवस्थामा भेटिए
शनिबार, ०८ जेठ २०७८, १८ : २८
पोखरा । पोखराको बेगनास तालमा एक युवा मृत अवस्थामा भेटिएका छन् । शनिबार पोखरा महानगरपालिका –२६ जलधारेका ३१ वर्षीय निराजन ढुंगाना वेगनास तालमा मृत अवस्थामा भेटिएका हुन् । शुक्रबार पनि बेगनास तालमा पोखरा–२७ पण्डित थरका ४२ वर्षीय राजुप्रसाद भुर्तेल मृत अवस्थामा फेला परेका थिए ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले दिएको जानकारीअनुसार निराजन शुक्रबार दिउँसो स्कुटरमा विना सूचना घरबाट निस्किएका थिए । राती बेलासम्म घर नफर्किए पछि परिवारले उनको खोजी गरेको थियो ।
रातभरि उनी गएको हुनसक्ने ठाउँहरुमा खोजी गर्दा समेत नभेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता भएको सूचना पछि प्रहरीले खोजी गर्नेक्रममा उनी वेगनास तालमा मृत अवस्थामा भेटिएका हुन् । उनको मृत्यु के कारणले भएको हो भन्ने विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण