कविता : शरीर मर्दैन
- साकारबाबु सुवेदी
तिमीलाई खरानीसँगै बगाएर
म फर्किएको रात,
थाहा भयो न आत्मा मर्छ,
न त शरीर नै ।
एउटा लामो निन्द्रामा मस्त
तिम्रो लम्पसार देह,
चिन्ताभन्दा पर बसेर,
ममा जिम्मेवारी सुम्पँदै थियो ।
म त्यही तिमीले छाडेका
कर्महरूले आफू रूपान्तरित भएँ,
मेरा करहरूले अन्तिम स्पर्श गरेका
तिम्रो आत्माभन्दा माथि गएँ ।
कसरी सकिन्छ होला विधाता ?
आगोको तापले डढाउन त्यो रुख,
जसले आजीवन मेरा हितमा,
शीतल छहारी छाडेको थियो ।
एकाएक आफ्नो शरीर भिन्न देखेँ,
तिम्रो अनुपस्थिति साह्रै खड्कियो,
तिमी त आफ्ना कर्महरूका तापले,
मेरा शरीरभित्रका ऊर्जामा देखियौ ।
मेरा बा, शरीर पनि नमर्ने रहेछ,
म तिमी भएर बाँचिरहेको छु,
खरानी त एक जुक्ति मात्र रहेछ,
तर म तिम्रा सम्झना बगाउने छैन ।
थाहा छ, घाम झुल्किन्छ, रापिन्छ
र अन्त्यमा अस्ताउँछ ।
घामका हरेक बिम्बहरूले हरेक दिन,
मलाई तिमीजस्तै उज्यालो बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण