कविता : शरीर मर्दैन
- साकारबाबु सुवेदी
तिमीलाई खरानीसँगै बगाएर
म फर्किएको रात,
थाहा भयो न आत्मा मर्छ,
न त शरीर नै ।
एउटा लामो निन्द्रामा मस्त
तिम्रो लम्पसार देह,
चिन्ताभन्दा पर बसेर,
ममा जिम्मेवारी सुम्पँदै थियो ।
म त्यही तिमीले छाडेका
कर्महरूले आफू रूपान्तरित भएँ,
मेरा करहरूले अन्तिम स्पर्श गरेका
तिम्रो आत्माभन्दा माथि गएँ ।
कसरी सकिन्छ होला विधाता ?
आगोको तापले डढाउन त्यो रुख,
जसले आजीवन मेरा हितमा,
शीतल छहारी छाडेको थियो ।
एकाएक आफ्नो शरीर भिन्न देखेँ,
तिम्रो अनुपस्थिति साह्रै खड्कियो,
तिमी त आफ्ना कर्महरूका तापले,
मेरा शरीरभित्रका ऊर्जामा देखियौ ।
मेरा बा, शरीर पनि नमर्ने रहेछ,
म तिमी भएर बाँचिरहेको छु,
खरानी त एक जुक्ति मात्र रहेछ,
तर म तिम्रा सम्झना बगाउने छैन ।
थाहा छ, घाम झुल्किन्छ, रापिन्छ
र अन्त्यमा अस्ताउँछ ।
घामका हरेक बिम्बहरूले हरेक दिन,
मलाई तिमीजस्तै उज्यालो बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण