रोनाल्डोलाई म्यानचेस्टर ल्याउने प्रयास नगरौं : गेरी नेभिल्ली
एजेन्सी । म्यानचेस्टर युनाइटेडका पूर्व स्टार गेरी नेभिल्लीले क्रिष्ट्रियानो रोनाल्डोलाई क्लबमा भित्र्याउने प्रयास नगर्न सुझाव दिएका छन् । उनले तीन खेलाडीहरूको नाम लिएका छन्, जसलाई युनाइटेडले तत्कालै भित्र्याउनुपर्छ । यदि प्रिमियर लिग जित्ने हो भने युनाइटेडले ती खेलाडीलाई भित्र्याउनुपर्ने उनको तर्क छ ।
युनाइटेडले यस सिजन दोस्रो स्थानमा रहेर लिग टुङ्ग्यायो । तर शीर्ष स्थानको सिटीलाई गतिलो चुनौती भने दिन सके । उपाधि विजेता सिटी र दोस्रो स्थानको युनाइटेडबीच १२ अंकको फरक देखियो । युनाइटेडले यस सिजनलाई राम्रो गरी अन्त्य गर्ने अवसर भने बाँकी नै छ । बुधबार युरोपा लिगको फाइनलमा उसले भिल्लारियलसँग प्रतिस्पर्धा गर्दैछ ।
युनाइटेडका पूर्व डिफेन्डर नेभिल्ली भने आगामी सिजन तीन खेलाडीलाई क्लबमा भित्र्याउँदा स्वतः म्यानचेस्टर प्रिमियर लिग च्याम्पियन बन्ने दाबी गर्छन् । यी तीनै खेलाडी यस सिजन उपलब्ध पनि हुनसक्छन् । रियल म्याड्रिडका राफाल भराने, टोट्टेनह्यामका ह्यारी केन र बोरुसिया डर्टमुन्डका जोडन सान्चोलाई क्लबमा भित्र्याउनुपर्ने तर्क नेभिल्लीले गरेका हुन् ।

भराने यस वर्ष म्याड्रिड छाड्न मनसायमा पुगेको चर्चा छ । त्यस्तै, केनले पनि टोट्टेनह्याम छाड्ने मनसाय व्यक्त गरिसकेका छन् । १ सय मिलियन पाउन्डभन्दा धेरै रकम खर्चने क्लबले उनलाई आबद्ध गर्नसक्ने अवस्था देखिएको छ । यता, बोरुसिया डर्टमुन्ड पनि राम्रो मूल्य पाएमा सान्चोलाई बेच्ने मनस्थितिमा देखिन्छ ।
आफ्ना मिल्ने साथी रोनाल्डोलाई क्लबमा भित्र्याउने विषयमा भने नेभिल्ली त्यति सकारात्मक छैनन् । ‘उनलाई माया गरौं, तर मलाई लाग्छ सम्झनाहरू जहाँ छन्, त्यसलाई त्यही छाड्नु उत्तम हुन्छ’ रोनाल्डोबारे सोधिएको प्रश्नमा नेभिल्लीले भने । ३६ वर्षका रोनाल्डोले सन् २००९ मा म्यानचेस्टर छाडेका थिए । त्यसअघि नेभिल्लीसँग मिलेर उनले क्लबलाई तीन पटक इङ्ग्लिस प्रिमियर लिग तथा एकपटक च्याम्पियन्स लिग जिताएका थिए । रोनाल्डोले म्यानचेस्टरबाट कुल ९ उपाधि जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण