चिकित्सक र नर्समाथि भएको दुर्व्यवहार खेदजनक : राष्ट्रपति भण्डारी
शुक्रबार, १४ जेठ २०७८, २० : २१
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार खेदजनक भएको बताएकी छन् । उनले आज ट्वीट गर्दै आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति गरिएको दुर्व्यवहार हुनु खेदजनक भएको बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले भनेकी छन्- ‘दुःख परेका बेला भावनात्मक उत्तेजना हुनसक्छ । यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’ उपचारका क्रममा एक जना बिरामीको निधन भएपछि मृतकका आफन्तले यही जेठ १३ गते साँझ अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि साङ्घातिक आक्रमण गरेका थिए । सो घटनाको चौतर्फी आलोचना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश