चिकित्सक र नर्समाथि भएको दुर्व्यवहार खेदजनक : राष्ट्रपति भण्डारी
शुक्रबार, १४ जेठ २०७८, २० : २१
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार खेदजनक भएको बताएकी छन् । उनले आज ट्वीट गर्दै आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति गरिएको दुर्व्यवहार हुनु खेदजनक भएको बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले भनेकी छन्- ‘दुःख परेका बेला भावनात्मक उत्तेजना हुनसक्छ । यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’ उपचारका क्रममा एक जना बिरामीको निधन भएपछि मृतकका आफन्तले यही जेठ १३ गते साँझ अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि साङ्घातिक आक्रमण गरेका थिए । सो घटनाको चौतर्फी आलोचना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण