जब हेमा मालिनीका कारण बर्बाद भयो शाहरुख–गौरीको विवाहको पहिलो रात
शाहरुख खान र गौरीले २५ अक्टोबरमा आफ्नो विवाहको २६ औं वर्षगाँठ मनाउनेछन् । सन् १९९१ मा यी दुबैले हिन्दु रितिरिवाज अनुसार विवाह गरेका थिए । रोचक तथ्य के छ भने उनीहरुको विवाहको पहिलो रात एक फिल्मको सेटमा कटेको थियो र यसका लागि हेमा मालिनी जिम्मेवार थिइन् ।
के भएको थियो त्यस दिन ?
शाहरुख गौरीको विवाह भएको दिन हेमा मालिनीले उनलाई फोन गरेर चाहेको खण्डमा सृुटिङका लागि आउन सक्ने बताइन् । शाहरुख यो सोचेर खुसी थिए कि हेमा मालिनीलाई भेट्नु गौरीका लागि आश्चर्य हुनेछ । गौरी पनि निकै उत्सुक थिइन् । शाहरुख त्यतिबेला हेमा मालिनीको निर्देशन र निर्माणमा बनिरहेको फिल्म ‘दिल आशाना है’ का लागि काम गरिरहेका थिए ।
शाहरुख गौरीलाई लिएर स्टूडियो पुगे । तर हेमा मालिनी त्यहाँ देखिइनन् । त्यहाँ सहायक निर्देशक थिए जसले हेमा मालिनी चाँडै नै आउने बताए । गौरीसँग शाहरुख स्टूडियोको एउटा कोठामा बसेर हेमा मालिनीको प्रतिक्षा गरिरहे ।
राती करिब ११ बजे शाहरुख गौरीलाई मेकअप रुममा छोडेर सुटिङका लागि गए । करिब दुई बजेसम्म सुटिङ चल्यो तर हेमा मालिनी त्यतिबेलासम्म पनि सेटमा आइनन् । थाकेर शाहरुख मेकअप रुममा फिर्ता जाँदा भारी साडी र गहनाले ढाकिएकी गौरी फलामको एक कुर्सीमा नै निदाएको देखे । शाहरुखलाई त्यतिबेला निकै नराम्रो लागेको थियो । यो उनको संघर्षका दिन थिए ।
(स्रोतः मुश्ताक शेखको किताब ‘कहानी शाहरुख खानकी’ बाट)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण