भारतको उत्तर प्रदेशमा विषाक्त मदिरा सेवनबाट २२ जनाको मृत्यु
एजेन्सी । भारतको उत्तर प्रदेशमा विषाक्त मदिराको सेवनबाट कम्तीमा पनि २२ जनाको ज्यान गएको बताएको छ । सो प्रदेशको अलिगार्च जिल्लामा ती व्यक्तिहरु मारिएका हुन् । उत्तर प्रदेशको सदरमुकाम लखनउबाट करिब ४१६ किलोमीटर टाढा रहेको सो गाउँमा उक्त दुर्घटना भएको शनिबारका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यस क्षेत्रका प्रशासकीय एकजना अधिकारीले सो विषाक्त रक्सीको सेवनबाट यहाँका २२ जनाको ज्यान गएको छ भने अरु केही अस्पताल भर्ना भएका छन् । अस्पताल भर्ना भएकाहरुको अवस्था पनि गम्भीर रहेको पनि सो समाचारमा जनाइएको छ । बिहीबार साँझ ती व्यक्तिहरुले एक लाइसेन्स रहेको पसलबाट नै रक्सी किनेका थिए ।
सो रक्सी सेवनबाट बिरामी भएका उनीहरु शुक्रबार साँझ ज्यान गएको हो । यहाँका स्थानीयहरुले शुक्रबार अपरान्हबाट मानिसहरु निकै विरामी परेका र साँझदेखि मर्न थालेका बताइएका छन् । यहाँका प्रहरी अधिकारीहरुले सो क्षेत्रका पाँच ओटा रक्सी पसल सिल गरेका छन् र ती पसलका मालिकहरुलाई नियन्त्रणमा लिएका छन् । त्यस्तै ती पसललाई रक्सी बेच्ने अनुमति दिने सरकारी अधिकारीलाई पनि खोजी गरिरहेको जनाइएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण