मोरङमा जेठ २४ गतेसम्म निषेधाज्ञा थपियो
आइतबार, १६ जेठ २०७८, १७ : ११
विराटनगर । मोरङमा जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्मका लागि थपिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले ७ दिन निषेधाज्ञा थपेको हो । चौथो पटक थपिएको निषेधाज्ञाको समय सोमबार राती १२ बजेसम्म रहेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप गरेको जनाइएको छ ।
झापा र सुनसरी जिल्लाले पनि निषेधाज्ञाको अवधि बढाइसकेका छन् । मोरङसहितका यी तीन जिल्ला कोरोना संक्रमण सवैभन्दा धेरै भएका जिल्ला हुन् । कोभिड १९ को महामारीको दोस्रो लहर सुरु भएर निषेधाज्ञा लगाउन चर्को दवाव परेपछि मोरङ प्रशासनले पहिलो पटक बैशाख १८ गते राती १२ बजेदेखि लागू निषेधाज्ञा लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण