खुलालु पक्की पुल चाँडो सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खुलालुमा निर्माणाधीन पक्की पुल चाँडो सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । आइतबार बेलुका कर्णाली करिडोर अन्तर्गत खुलालुमा पुगेर निर्माणाधीन पुलको अनुगमन गरेका उनले निर्माण कार्य जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिएका हुन् । पुल निर्माणको कार्य तीव्र गतिमा भइरहे पनि कोरोना महामारीका कारण यस बीचमा सुस्ताएको पाइएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार कम्पनीमा काम गर्ने एक इन्जिनियर कर्णाली नदीमा खसेर र अर्को कर्मचारी कोभिडले मृत्यु हुँदा काम सुस्ताएको हो ।
प्रदेशको समृद्धिको जीवन रेखाका रुपमा लिइएको कर्णाली करिडोर सुर्खेत–हिल्सासम्म जोड्ने गरी पुल निर्माण कार्य भइरहेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि सुर्खेत–खुलालु जोड्ने सडक दुई लेन बनाउन रु एक अर्ब २० करोड बजेट विनियोजन गरेको छ । कालिकोटको शुभकालिका र नरहरिनाथ गाउँपालिका जोड्ने कर्णाली नदीमाथि निर्माण हुन थालेको पुलको कार्य सम्पन्न हुन सके सुर्खेत–हुम्ला सिधा मार्ग जोडिने छ ।
त्यसैगरी आज मुख्यमन्त्री शाहीले जिल्ला विपद् व्यवस्थापन समिति कालिकोटको बैठकमा सहभागी भएर विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को अहिलेको अवस्थाबारे जानकारी लिनाका साथै कोभिड अस्पतालको निरीक्षण गरी यो सङ्कटको व्यवस्थापनमा तदारुकताका साथ लाग्न समितिसहित कर्मचारीलाई निर्देशन दिनुभएको स्वकीय सचिव आचार्यले बताए । मुख्यमन्त्री शाहीसहित प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही पनि गृह जिल्ला कालीकोट पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण