स्वास्थ्यकर्मीमाथि आक्रमण : छानबिन समितिले बुझायो प्रतिवेदन
नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण घटनाको वास्तविकता बुझ्न गठित छानबिन समितिले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको छ । सहायक प्रजिअ शङ्कर विष्टका संयोजकत्वमा गठित सात सदस्यीय समितिले प्रजिअ शिवराम गेलाललाई सोमबार प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन ।
संयोजक विष्टले कोरोना महामारीका कारण भेरी अस्पतालमा भएको जनशक्ति अभाव, घटना भएको दिन उत्पन्न परिस्थिति, जनशक्ति अभावलगायत समस्या र त्यसको दीर्घकालीन समाधानका लागि प्रतिवेदनमा सुझाव दिइएको बताए ।
उनका अनुसार छानबिन समितिले घटनाको स्थलगत अध्ययन, कुटपिट गरिएका चिकित्सक र स्वास्थ्यकर्मी, पीडक, घटनाका प्रत्यक्षदर्शी र बिरामीका कुरुवासँग समेत सोधपुछ गरेर प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदनमा घटना हुनाको कारण र दीर्घकालीन समस्या समाधानको पाटालाई पनि समावेश गरिएको छ ।
गत बिहीबार दाङका कोरोना सङ्क्रमित ५३ वर्षीय डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि मृतकका भाइ मानबहादुर, छोरा भरत र लोकराज लगायतले भेरी अस्पतालमा काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नाका साथै सघन उपचार कक्षमा तोडफोड गरेका थिए । घटनामा संलग्न विरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ । सोही घटनाको छानबिनका लागि समिति गठन गरिएको हो ।
भेरी अस्पताल विकास समितिका दुई सदस्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, नेपाल चिकित्सक सङ्घका दुई सदस्य र नर्सिङका तर्फबाट एक सदस्य रहने गरी समिति बनाइएको थियो । अहिले भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राखी प्रहरी नायब निरीक्षकका नेतृत्वमा २५ प्रहरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण